
हेटौंडा । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीले अवैध सामान सहितको एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । मंगलबार साँझा ४ बजेर ३० मिनेटको झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर–१,स्थित नम्बर नभएको नम्बर प्लेटको शंका लागेर सुरक्षा जाँच गर्दा अवैध सामान सहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
झापाका प्रहरीका अनुसार सुरक्षा जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छलेर लुकाई लाँदै गरेको ७ लाख ५० हजार रुपैयाँ बराबरको सामान ट्याक्टरबाट बरामद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले २ लाख ५० हजार रुपैयाँ बराबरको ५० बोरा काँक्रोको बीउ र ५ लाख रुपैयाँ बराबरको ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको छ भने ट्याक्टर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्