बिभिन्न पार्टी परित्याग गर्दै सयौँको संख्याले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।



नेकपा बिप्लप, जनता समाजवादी पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस पार्टीलाई परित्याग गर्दै २ सय भन्दा बढी व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका
हुन् ।
यसैक्रममा नेकपा बिप्लप माओवादी निकट राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरका अध्यक्ष, उपाध्यक्ष, महासचिव सहित जिल्लामा रहेका अन्य पार्टी छाड्दै माओवादीमा आएका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई माओवादी मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानले स्वागत गरेकी हुन् ।
नवप्रवेसीहरुलाई स्वागत गर्दै अबको समयमा सबैजना एकढिक्का भएर काम गर्नुपर्ने बताउदै घर फर्केकोमा खुसी व्यक्त गरिन् ।























प्रतिक्रिया दिनुहोस्