जिल्ला प्रहरी कार्यालय पर्साले १५ वर्षीया करणी गरेको अरोपमा २० वर्षे एक युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका २३ की एक बालिकालाई डरत्रासमा परेर जवरजस्ती करणी गरेको आरोपमा मुन्ना प्रसाद यादवलाई पक्राउ गरेको पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

प्रवक्ता डिएसपी खनाले बताए अनुसार गएको माघ ५ गते पीडित बालिकालाई साथिको कोठामा लगेर करणी गर्दै गर्दा छिमेकीले देखेपछि प्रहरीमा उजुरी दिएका थिए ।

पछि यादवले आफ्नै घरमा लगेर पटक पटक जवरजस्ती करणी गर्दै आएको  हो ।
पक्राउ परेका यादवमाथि करणी सम्वन्धि मुद्दामा पर्सा जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।