बाराको आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर २ जनाको मृत्यु भएको छ ।

आदर्शकोतवाल गाउँपालिकामा रथ अचानक तिव्र गतिमा कुदेर रथको अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने १४ जना घाईते भएका छन्।

बारा आदर्शकोतवाल गाउँपालिका–३ बतरा बस्ने बनारसी रामको छोरी अन्दाजी बर्ष १५ की निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका-७ जानकीनगर बस्ने दिपेन्द्र रामको श्रीमती अन्दाजी बर्ष २५ कि बालकुमारी रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले बताए ।

घाइते हुनेहरुमा सोही स्थानको अन्दाजी २४बषर्का अरबिन्द्र राम,१८ बर्षका सिया राम २२ बर्षका, सुनिल प्रसाद यादव २० बर्षका सरोज राम, १८ बर्ष का नरेन्द्र राम राजलक्ष्मीमा १३ बर्षका सागर राम, ३७ बर्षकी मिना देवी राम,१७ बर्षकी श्री पति कुमारी ५०बर्षकी सयल देवी,८ बर्षको सुवास राम १२ बषर्की सन्झा कुमारी राम, ३४ बर्षको नयनपति १२ बर्ष को जितेन्द्र राम र १०बर्षको अजित राम रहेका छन् ।

अरबिन्द्र राम, सिया राम, सरोज राम, जितेन्द्र राम, अजित रामलाई बिरगंज न्युरो रिफर गरिएको छ भने अन्यको राजलक्ष्मी कलैयामा उपचार भइरहेको छ ।

उनकाअनुसार स्थानीय लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेका लागि चार पांग्रे रथ गाउँमा ल्याईएको थियो । रथ समेत लिएर गाउँकै ब्रम्ह थानमा पुजा गरी फर्किने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो ।

घाईतलाई उद्दार गरेर उपचारका लागि कलैया अस्पताल ल्याईएको थियो ।

 

 

तस्बिर गुगलबाट फाइल फोटो