फाइल तस्विर

हेटौंडा \  मछिन्द्र युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । शनिबार भएको क्वाटर फाइनल खेलमा मछिन्द्र युथ क्लबले जावला खेल युथ क्लबलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।

प्रतियोगिताको समय अवधीभर दुबै पक्षबाट गोल हुन नसकेको कारणले नतिजाको लागि टाइबेकरको सहारा लिनु परेको थियो । मछिन्द्र क्लबको तर्फबाट प्रदीप भण्डारी म्यान अफ द म्याच घोषित भएका छन् । उनले नगर १० हजार रुपैयाँ प्राप्त गरेका छन् । मछिन्द्र युथ क्लबले फाइनल प्रवेशका लागि न्युरोड टिम काठमाडौँसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।