मकवानपुर । हेटौंडा वडानम्बर–१९, बस्तीपुरस्थित निर्मल माविको व्यवस्थापन समितिको अध्यक्षमा अमृत ओली चयन भएका छन् ।

एक वर्षपछि भएको अभिभावक भेलामा गठन भएको व्यवस्थापन समितिमा अमृत ओली चयन भएका हुन् ।

महिला प्रतिनिधि चयनमा भएको ढिलाईका कारण विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन भने शुक्रबार महिला सदस्य चयनमा सहमति जुटेपछि अमृत ओलीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

२०७७ साल माघ ९ गते भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिको सदस्यमा खुलातर्फ अमृत ओली र राजकुमार सिन्तान चयन भएका हुन् ।

तयस्तैगरि महिला सदस्यमा सन्चमाया सिन्तान र आशा पाठकलाई सर्वसम्मत चयन गरिएको हो भने विद्यालय व्यवस्थापन समितिको सदस्यमा शान्तिमाया प्रजा र तीर्थराज दाहाललाई मनोनित गरिएको विद्यालयका प्रधानाध्यापक प्रवोध विडारीले जानकारी बताए ।

वडा अध्यक्ष नरनाथ सुवेदी पदेन सदस्यमा छन् भन शिक्षक प्रतिनिधि प्रेम लामा विद्यालयका प्रधानाध्यापक प्रवोध विडारी सदस्य सचिवमा रहेका छन् ।