काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले नक्कली मह बनाउनको लागि प्रयोग गरिन केमिकलहरु  भेटिएको भन्दै काठमाण्डौँ  ज्याठा बस्ने ३८ बर्षका नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको सूचनाको आधारमो गुणस्तरहिन मह बनाई बिक्रि गरेको आरोपमा ७ हजार लिटर नक्कली मह सहित सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. वडा नं. ६ का नतिजा प्याकेजिङका सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

नक्कली महको बिगबिगी भन्ने हल्ला सुनेसंगै केही समयअगाडि प्रहरीले नै स्पर्श हनि खरिद गरेर ल्याई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाईएपछि खानका लागि योग्य नै नरहेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

स्पर्श हनीमा मानव शरीरलाई क्यान्सर गराउन सक्ने पाइएको एच एम एफ तत्वको मात्राले मानव शरीरलाई गम्भीर असर गरि क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनले देखाएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।

प्रहरीको जानकारी अनुसार उद्योगबाट उक्त मह तयारी अवस्थामा डिलरलाई उक्त मह १ किलोको २सय ५० रुपैयाँमा विक्री गर्ने गरेको र डिलरले सब डिलर तथा पसलहरूमा विक्री गर्दा प्रतिकिलो ४सय ५० रुपैयाँ हुदै उपभोक्ताको घरमा पुग्दा १किलाकोे ६सय रुपयौ हुने बयान दिए  ।

नतिजा प्याकेजिङका नामबाट प्याकेजिङ गरिएको महको अधिकतम विक्री मूल्य ६०० रुपैयाँ राखिएको छ भने, मह काठमाडौँ, भक्तपुर र पोखरा लगायत स्थानमा रहेका होटल तथा रेष्टुरेष्टहरुमा पुराउने गरिएको पाइएको छ ।

श्रेष्ठको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नाममा विगत ७ वर्षदेखि मह उत्पादन र विक्री वितरण गर्ने गरेको नतिजा प्याकेजिङ नामक कम्पनी दर्ता गरे पनि स्पर्श हनी दर्ता नगराएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको विषयमा थप अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ ।

७ हजार लिटर नक्कली मह सहित एक जना पक्राउ