हेटौंडा । प्रतिनिधि सभा सदस्य निर्वाचनको  मकवानपुर मतदान कार्यक्रम चलिरहेको छ । मकवानपुरको क्षेत्र नम्बर-१ १ अन्तर्गत पर्ने हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा ९ बजेसम्म १२ प्रतिशत मत खसेको छ । हेटौंडा-४ मा कूल ९ हजार ४ सय ७६ जना मतदाता रहेको ९ बजेसम्म १ हजार १ सय ७१ मत खसेको बताइएको छ । मकवानपुरको सन्दर्भमा हेटौंडा-४ मा सबै भन्दा बढी मतदाता रहेका छन् ।

भुटनदेवी माविमा  ९ वटा बुथबाट मतदाताले मतदान गर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ । ६ सय ९५ पुरुष र ४ सय ७६ महिला मतदाता रहेका छन् । भुटनदेवी माविमा जेष्ठ नागरिकहरुपनि मतदान गर्न आएका छन् ।

हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको ‘ए’ ब्लक भवनमा  मकवानपुर-१ को मतगणना हुनेछ । यस्तै, मकवानपुर-२ को मतगणना भुटनदेवी माविको ‘बी’ ब्लक भवनमा गरिने छ  । जिल्लाभरी  एक लाख ५३ हजार ३७६ महिला मतदाता रहेका छन् भने एक लाख ६१ हजार ९५३ पुरुष मतदात रहेका छन् । महिला पुरुषगरीकुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदान स्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर-१ बाट २३ जना र मकवानपुर क्षेत्र नम्बर-२ बाट २१ जना गरि कूल ४४ जनाको उम्मेद्वारी परेको छ । जसमा मकवानपुर-१ बाट नेपाली काङ्ग्रेसकि महालक्ष्मी उपाध्याय डीना, नेपाली कम्युनिष्ट पार्टी नेकपाका विजय, गौतम र नेकपा एमालेबाट रामेश्वर राना लगायतको उम्मेद्वारी परेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी