सरकारले परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वमा टर्कीको अन्तालियामा हुने अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुने प्रतिनिधिमण्डल गठन भएको छ। सरकारले अन्तालियामा हुने डिप्लोमेसी फोरम र अङ्कारामा हुने दुईपक्षीय वार्तामा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो।

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार परराष्ट्र मन्त्रीको नेतृत्वमा टर्की जाने प्रतिनिधि मण्डल गठनको निर्णय भएको हो। प्रतिनिधिमण्डल अन्तालिया डिप्लोमेसी फोरम र अङ्कारामा हुने दुईपक्षीय वार्तामा सहभागी हुने प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

मार्च ११ देखि १३ सम्म अन्तालिया डिप्लोमेसी फोरमको आयोजना हुँदैछ। उक्त फोरममा विभिन्न देशका राष्ट्र, सरकार प्रमुखसँगै कूटनीतिज्ञ सहभागी हुनुहुनेछ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो