सञ्चारिका समूह  नेपाल मकवानपुर शाखाको अध्यक्षमा निशा गुरुङ चयन भएकी छिन् ।
पत्रकार महिलाहरुको छाता संगठनको  हेटौंडामा मंगलबार भएको तेस्रो अधिवेशनमा गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

त्यस्तै गरि समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुरलाई चयन गरेको हो ।

यसैगरी, सदस्यहरुमा क्रमशः सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाई तेस्रो अधिवेशनबाट   निर्विरोध चयन भएका  हुन् ।

कार्यसमितिको बैठकले नै रमा बिष्ट र गीता कार्कीलाई सदस्यमा मनोनीत गरेको छ ।

यसअघि सञ्चारिका समूहकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको सभध्यक्षता एवम् सञ्चारिक बागमती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियनका सचिव बलराम पुडासैनी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाई, स्वतन्त्र पत्रकार संघका मकवानपुर अध्यक्ष गोकुल लगायतको आतिथ्यता रहेको थियो ।