पत्रकार एलबी विश्वकर्मा को उपचार नगरेको कारण निधन भएको विषयमा प्रेस काउन्सिल नेपालले छानबिनको माग गरेको छ ।

अस्पतालमा बुझाउन जम्मा ६ सय रुपैयाँ नभएर अस्पतालले लापरबाही गरेको भन्दै मृतकको परिवारले दावी गरेका छन् ।

शुक्रबार अस्पताल प्रशासन पुगी भएको घटना र सत्यतथ्यका विषयमा जानकारी गराई लापरबाहीको सम्बन्धमा छानबिनका लागि माग गरका हुन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत , सदस्य ठाकुर बेल्बासे र प्रमुख प्रशासकीय अधिकृति झबिन्द्र भुसाल लगायतको टोली विषयमा छानबिनहुनु पर्ने माग सहित अस्पताल पुगेका छन् ।

घटनाको सम्बन्धमा छानबिन गरेर दोषीउपर कारबाही नगरे प्रेस काउन्सिल नेपालले कडा कदम चाल्नु पर्ने चेतावेनी समेत टोलीले दिएको छ ।
पत्रकार एलबीको मृत्युमा अस्पतालको लापरबाहीबारे गम्भीर प्रश्न उठेको अवस्थामा छानबिन समिति गठन गर्न र घटना समान्य नभएका कारण सिभिल अस्पताल प्रशासनसँग अध्यक्ष बस्नेतले माग गरेका छन् ।

अस्पतालका मेडिकल निर्देशक अनुजजंग रायमाझीले नजरअन्दाज नगरी घटना बारे आन्तरिक छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।