हेटौंडा । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दामा परेर फरार रहेका २ जना, लागूऔषधका मुद्दाका १ जना, वहुविवाह मुद्दाका १ जना र चोरीको मुद्दामा फरार रहेका १ जनालाई पक्राउ गरेका छन् । धनुषको जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर वरदातापश्चात फरार रहेका प्रतिवादीहरुलाई खोज तलास गरेर पक्राउगरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको जनाइएको छ ।

सवारी ज्यानको मुद्दामा परेर फरार रहेका २ जना प्रतिवादीलाई १ महिना १३ दिनको कैद सजाय तोएिको थियो । लागूऔषधमा फरार रहेकालाई २ महिना कैद र २ हजार रुपैयाँको जरिवानाको सजाएको तोकिएको थियो । बुहविवाहको मुद्दामा परेका प्रतिवादी र चोरीको मुद्दामा परेका प्रतिवादीलाई १० हजार रुपैयाँको जरिवानाको र १ वर्ष कैद हुनेगरी जिल्ला अदालतले सजाएको सुनाएको थियो । फरार भएर पक्राउ परेकाहरुको नाम र ठेगाना भने खुलाइएको छैन् ।

रातो समाचार संवाददाता
थप जानकारी