हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन वृद्धाश्रममा आश्रित बृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्यपरिक्षण गरिएको छ ।

हेटौँडा अस्पतालमा कार्यरत डा. हरिबहादुर खड्काले आश्रममाअश्रित बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।

सामाजिक कार्यमा सक्रियता देखाउने र विगतमा पनि धैरेलाई निःशुल्क उपचारको पहल समेत गरेका डा.खड्का शुक्रबारस्वास्थ्य परिक्षण गर्न आश्रममा पुगेका हुन् ।

आश्रममाअश्रित बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षणका लागि अनुरोध आएपछि पुगेकमे बताए । उनले आश्रममा अश्रित करिब२८ जनाको स्वास्थ्य परिक्षण गरेका हुन् ।

स्वास्थ्य परिक्षण गर्दै डा. हरिबहादुर खड्काले वृद्धावृद्धाहरुलाईयसरी परिक्षण गर्न पाएकोमा आफूलाई अत्यन्त खुशी लागेको र आगामी दिनमा पनि सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

 

 

 

थलापरेकी५८वर्षिया जोगमायाको स्वास्थ्य परिक्षणमा डा. खडका उनकै स्थानमा

थलापरेकी५८वर्षिया जोगमायाको स्वास्थ्य परिक्षणमा डा. खडका उनकै स्थानमा