हेटौँडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी नजिकै स्वास्थ्य अवस्था खराब भएकी ५८ वर्षिया वृद्धा जोगमाया थापाको स्वास्थ्य परिक्षण गर्न डा.हरिबहादुर खडका बिरामी रहेकै स्थानमा पुगेका हुन् ।

विगत ४ वर्षदेखि शारिरिक अवस्था अशक्त भएको र उपचार गर्न नसक्ने जानकारी गराए लगत्तै स्वास्थ परिक्षणका लागि डा.हरिबहादुर खड्का बिरामीको बसोबास स्थानमै पुगेका हुन् ।

सामाजिक कार्यमा सक्रियता देखाउने र विगतमा पनि धैरेलाई निःशुल्क उपचारको पहल समेत गरेका डा. खड्काले स्वास्थ्य परिक्षण गर्दै आफुले सक्ने सहयोग गर्ने बताए ।

छोरी राधिका पोख्रेलले रातो समाचार डटकमसंगको कुराकानीमा आमा जोगमाया हिडडुल गर्न र बोल्न समेत नसक्ने अवस्थामा रहेको र उपचार समेत गर्न नसक्ने भएको  बताएकी हुन् ।

आमामो यपचार गर्ने कोही नभएको र आफु पनि एक होटलमा काम गरेर दैनिकी चलाई रहेको बताउदै आर्थिक अधावका कारणनभएकाले उपचार गर्न नसकेको बताएकी हुन् ।

रसुवा जिल्लाको जाँतेको जन्म भएको र विगत १० वर्षदेखि मकवानपुरको हेटौँडा बसोबास गर्दै आएकी जोगमायाको  केही कागजी प्रक्रिया अपुग भएका कारण सरकारले दिएको सामाजिक सुरक्ष भत्तापनि पाएकी छैनन् ।

यही जानकारी गराउन साथ तत्कालै हेटौँडाका डा.हरिबहादुर खड्का पुगेका हुन् भने अस्पतालमा सम्पुर्ण परिक्षणको पहल गर्ने
निःशुलक उपचारको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

छोरी राधिका पोख्रेलले पनि उपचारका लागि सक्ने सहयोग गरिदिनु भन्दै अनुरोध गरेकी छिन् ।