रोशन दिप – नेपाल खेलकुद महासंघले १४ स्थापना दिवसको अवसर पारेर विहिबार गरेको जुनियर क्योकोशीन जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइको युनियनको सह आयोजनामा भएको प्रतियोगितामा महिला तर्फ ५० केजी तौल अन्तरगत साधना लोप्चन प्रथम, सुजिका लामा द्वितिय, मेलिना चौलागाई तृतिय, दिपिका भोम्जन चौथो भएकी छन् ।
त्यसैगरि पुरुष तर्फ ४५ केजी तौल अन्तरगत समिर विश्वकर्मा प्रथम, शिशीर मगर द्वितिय, सुजन घिसिङ तृतिय, सुदिप महतो चौथो भएका छन् ।
महिला तर्फ ३५ केजी तौल अन्तरगत चुना आले मगर प्रथम, विमला मोक्तान द्वितिय, शिखा चौलागाई तृतिय, सुविना गोले चौथो भएकी छन् भने पुरुष तर्फ ३५ केजी तौल अन्तरगत अशिम खड्का प्रथम ,शिव वाइवा द्वितिय, आवेग लोप्चन तृतिय, निमार्ण लामा चौथो भएका छन् ।
महिला तर्फ ३० केजी तौल अन्तरगत रशु श्रेष्ठ प्रथम, सुप्रिया खतिवडा द्वितिय, सविना गोले तृतिय, सोफिया लामा चौथो भएकी छन् भने पुरुष तर्फ ३० केजी तौल अन्तरगत अंकित बल प्रथम, ओम रुम्बा द्वितिय, अर्जुन थिङ तृतिय, कृषाङ् सिंह ठकुरी चौथो भएका छन् ।
त्यसैगरि पुरुषतर्फ २५ केजी तौल अन्तरगत स्वीकृत खतिवडा प्रथम, रिसुक राई द्वितिय, समिर थिङ तृतिय भएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित कर्वड हलमा नेपाल खेलकुद महासंघका अध्यक्ष सविन मोक्तानको सभाध्यक्षता, नेपाल खेलकुद महासंघका महासचिव धरम लामाको पमुख आतिथ्यता, ४ नं वडाका अध्यक्ष नविन सिग्देलको विशिष्ट आतिथ्तामा प्रतियोगिता भएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकाश समितिका पुर्व अध्यक्ष सानु लामा दोङ्ग, खेलाडी, खेल प्रशिक्षक लगाएतको उपस्थितीमा भएको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएकालाई फागुन १२ गते शनिवारका दिन वडा नं २ स्थित संगम चोकमा रहेको फन हेटौडामा नगर अधिवेशन सँगै गरिने कार्यक्रममा मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । त्यसैगरि उत्कृष्ट खेलाडीलाई नगद समेत दिइने जानकारी गराइको छ ।
मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ रहेको १२ गते हुने सो कार्यक्रममा ड्रेमोसट्रेसनहरु, घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल, पेटबाट गुडाउने, ढुङ्गगा ब्रेकिङ्ग, कराते गितमा डान्स लगायतका बिभिन्न आर्कर्षण ड्रेमासेट्रेसनहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिए । कार्यक्रममा करिब २ लाख लागतको अनुमान गरिएको आयोजकले जानकारी गराएको छ ।

































प्रतिक्रिया दिनुहोस्