नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई आम्दानी र रोजगारी दिनका लागि राजनीतिमा सक्रिय भएको बताउनु भएको छ । मङ्गलबार व्यास नगरपालिका–१० डिहीगाउँमा सो वडाको सत्तारुढ गठबन्धनको चुनावी सम्पर्क कार्यालयको मङ्गलबार उद्घाटन गर्नुहुँदै नेता पौडेल सो कुरा बताउनुभयो ।
विसं. २०४८ देखि चुनाव जितेर गएपछि गाउँमै बसौं बसौं बनाउने सपना देखेर विकासका पूर्वाधारहरु गाउँमा पु¥याएको भए पनि गाउँमा रोजगारी र आम्दानी पु¥याउने सपना पूरा गर्न बाँकी रहेको राजनीतिमा सक्रिय भएको पौडेलले बताउनुभयो । अहिले गाउँमा रोजगारी नभएकाले युवाहरु विदेशिनु परेको र त्यस्तो अवस्थाको अन्त्यका लागि राजनीतिमा क्रियाशिल रहेको पौडेलले बताउनुभयो ।
‘‘रोजगारी नभएर गाउँहरु रित्तिएकाले ऊर्जाशक्तिको विकास, पर्यटनको विस्तार र उद्योग ग्राम स्थापना गरी गाउँमै आम्दानी र रोजगारी दिन राजनीतिमा सक्रिय भएको हुँ ।,’’ वरिष्ठ नेता पौडेले भन्नुभयो ।
तनहुँमा १४० मेगावाट तनहुँ जलविद्युत आयोजना र १२६ मेगावाट तल्लो सेती जलविद्युत आयोजना काम भइरहेको र जिल्लामै रासायनिक मल कारखाना खडा गर्न पहल कदमी गरेको पौडेलको भनाइ छ । रासायानिक मल कारखानाका लागि एक सय मेगावाटको बिजुली आवश्यक पर्ने तनहुँमा सो विद्युत उपलब्ध गराई किसानलाई मलको अभाव हटाउने र युवालाई रोजगारी दिनु चाहेको पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले रामचन्द्र पौडेल जस्तो व्यक्तिलाई भोट हालेर देशकै नेतृत्व गर्ने अवसरमा तनहुँवासीलाई आएको धारणा व्यक्त गर्नुभयो । देश प्राप्त उपलब्धी गुम्ने खतरा भएको बेला दुःख कष्ट गरेर बालिदान गरेको निर्माण गरेको संविधान समावेशीता र सहभागिता मुलक लोकतन्त्र नै खतरा भएको बेला पार्टीको आफ्नो सिद्धान्त प्रमुख नहुने उहाँको भनाइ छ ।
‘‘यदी रामचन्द्र पौडेल नभएको बेला बाम लोकतान्त्रिक गठबन्धन हुँदैनथ्यो, संविधान बच्ने थिएन, सहमती र सहकार्यको सृजना हुँदैनथ्यो,’’ केन्द्रीय सदस्य पौडेलले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नु भएका अशोककुमार श्रेष्ठ कांग्रेसले तनहुँका विकासको जग बसाएको र विगतमा गरेको काम आधारमा भोट हाल्नु पर्ने बताउनुभयो ।
गोरखापत्रबाट साभारछ























प्रतिक्रिया दिनुहोस्