रोशन दिप – हेटौडा ११ मा रहेको क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षता र बागमती प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठले सभामा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ९८ लाख माथी बढीको कारोबार गरेको बताए।

धेरै भन्दा धेरै दुध विक्री गरेका कृषकलाई पुरस्कृत गरेको हो ।

पूर्णकुमारी बस्नेतलाई प्रथम पुरस्कार, विएस कृषि तथा पशुपञ्छी फार्मलाई द्धितीय, भीमसेन हुमागाई तृतीय, गणेश पण्डितलाई चौथो र उद्धव प्रसाद गजुरेललाई पाँचौं पुरस्कार सँगै सहकारीले क्यान, प्रमाणपत्र, गाईवस्तुुको लागि क्याल्सियम समेत प्रदान गरेको हो ।

त्यस्तै धेरैभन्दा धेरै नियमित रुपमा दुध खरिद गरेका उत्तम पण्डित, नवराज अर्याल, शेखरराज मैनाली, सुवास ढकाल, खमबहादुर जर्गामगर, दीलकुमारी थापा र रमा श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको हो।

११ नं वडाकी अध्यक्ष जुना दहाल, नवयूवा साकोसका अध्यक्ष फूलमान श्रेष्ठ, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, निवर्तमान जिविसका अध्यक्ष रामेश्वर राना, नवलपुर दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन बर्तौला, टोल विकास वडा समन्वय समितिका अध्यक्ष यज्ञप्रसाद आचार्य, संस्थाका लेखा समिति संयोजक कृष्णप्रसाद खनाल लगायतको आतिथ्यता सभा सम्पन्न भएको हो ।