हेटौंडा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–१ म चुनाव लड्ने तयारीमा रहेकी काँग्रेसकी पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा भोलिको प्रधानमन्त्री बन्न धारणा राखेकी छिन् । काँग्रेस पार्टी भित्र नयाँ परिवर्तन भएर युवा नेता गगन कुमार थापा पार्टी सभापतिमा स्थापित हुँदै भविष्य प्रधानमन्त्री बन्ने धारणा राखेकी हुन् । शनिबार पूर्वी मकवानपुरको बकैया गाउपालिका वडा नम्बर–११ र वडा नम्बर–१२ मा पार्टीको सम्पर्क कार्यालय उद्धाटन गर्दै पार्टीका कार्यकताहरुसँग भएको भेटघाट कार्यक्रममा सबै एकजुट भएर उल्लास बढेर थापाले पार्टी सभापतिको नेतृत्व गरेपछि काँग्रेसमा नयाँ परिवर्तन भएको उनले बताइन् । भोलि राष्ट्रय सरकारमा जाँदै गर्दा सांसदमा जाँदै गर्दा गर्न सकिने कामहरु पार्टीका साथीहरुले गरिरहेको उनले बताइन् ।
बकैयाको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा स्थानीय वासिन्दाहरुसँगै बसेर छलफल गरेर काम गर्ने उनले विश्वास दिलाइन् । उनले गाउँपालिकाका वासिन्दाहरकै सल्लाह र सुझाव अनुसार काम गर्ने प्रतिवद्दता व्यक्त गरिन् । हिजोको समयमा यहाँहरुले जिताएर पढाएपनि बजारको मत कम भएको कारणले चुनावमा पराजित हुनुरेको उनले बताइन् । मतदाताको मतको सम्मानका लागि हर प्रयत्नबाट लाग्ने र आफ्नो कामबाट पछि नपर्ने उनको भनाई छ । नेपाली काँग्रेसले सधै जनताको लागि काम गर्ने गरेपनि बीचमा गठबन्धनको कारणले काँग्रेसले एकलौटी सरकार सञ्चालन गर्न नपाएको जीकिर गरिन् । आफूहरुले गठबन्धन गरेको कारणले जनतामा भूलभूलैया भएको उनले बताइन् । गठबन्धन गरेर हरेक पटक फरक फरक पार्टीलाई मतदान गर्न लगाएको कारणले आफूहरु बिचलनमा अवस्थामा परेको उनले धारण राखिन् ।
अहिले यी सबै समस्याहरुको समाधान भएको कारणले आफ्नो पार्टीका लागि रुख चिन्हमा मात्र भोट मागेर हिँडेको र अरु पार्टीका लागि भोट माग्ने काम नगरेको उनले जानकारी गराइन् । हिजको दिनहरुमा मानिसहरु कुन पार्टीलाई भोट हाल्ने भनरे अलमल्लिएको कारणले धेरै भोट हुँदा पनि आफूहरुले हार व्यवर्होनुरेको उनले जानकारी गराउँदै उनले आम जनताको भावनालाई बुझेर काम गर्ने स्पष्ट पारेकी छिन् बागमती प्रदेशका मुख्यमन्त्री बिजयी हुँदा कान्तिलोकपथको बाटो अलपत्र भएको समयमा अर्थमन्त्री रामशरण महतलाई बाटोसँग कुरा गरेर बाटोलाई खुलाएको उनले बताइन् ।
उनले पार्टीबाट समानुपातिमा जीत हासिल गरेर उक्त कार्य गरेको बताइन् । नेपाली काँग्रेसले देश बचाउ, लोकतन्त्र बचाउ र संविधान भन्ने नाराका साथ चुनावमा होमिन लागेको उनले बताइन् । कुनै पार्टीहरुले अहिले निर्वाचन हुन नदिने पक्षमा रहेर हिँडिरहेको बताउँदै उनले भनिन्–“निर्वाचनले नै जनताको अधिकार सुनिश्चि गर्छ र जनताको अधिकार खोस्न सक्दैन् । अहिले प्राप्त भएको संविधानलाई खोस्न सक्दैन् । त्यसैले नै हामीले निर्वाचनलाई मान्यता दिएर चुनावमा होमिन लागेका हौं” । निर्वाचन गराएर भोलि देशको विकास गर्ने र गाउँका विकास गर्ने योजना लिएको उनले बताइन् । हिजोको दिनमा आफू उम्मेद्वारी भएर आएको उनले बताइन् । चुनाज जितेपछि ५ वर्षे कार्यकालमा जनतासँग बसेर काम गर्ने, राष्ट्रिय बजेट ल्याउन कसैले नसकेको आफू पार्टीको शीर्ष स्थानमा रहेर नेतृत्व गरेको महिला हुँ उनले भनिन् ।
















प्रतिक्रिया दिनुहोस्