कमाने रोयल्स, कमाने थर्डआई जापान र कमाने इप्लानेट ब्लास्टर लिगबाट बाहिरियो

हेटौंडा । कमाने प्रिमियर लिग क्रिकेट, लिगको ३ खेलमा जीत निकालेको कमाने एक्सपर्ट भिजन–११ तालिकाको र्शीर्ष स्थानमाहेटौंडा । हेटौंडामा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत लिगको ३ खेलमा जीत निकालेको कमाने एक्सपर्ट भिजन–११ तालिकाको र्शीर्ष स्थानमा रहेको छ । हेटौंडा–८,कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा बिहीबारको खेल सकिँदासम्म ४ खेल खेलेर ३ जीत निकालेको कमाने एक्सपर्ट भिजन–११ तालिकाको शीर्ष स्थानमा रहेको छ ।

बिहीबार भएको चौंथो खेलमा कमाने एक्सपर्ट भिजन–११ ले कमाने रोयल्सलाई ३१ रनले हराएको छ । पहिलो व्याटिङ गरेको कमाने एक्सपर्ट भिजनले निर्धारित २० ओभरमा २ सय ८ रन बनाउँदै ७ विकेट गुमाएको थियो । कमाने एक्सपर्ट भिजनका निरभय सिग्देलले ४४ बलमा ८८ रन, सुजित पटेटले १३ बलमा ३९ रन र मेराज देउवानले ३५ बलमा ३६ रन बनाएका थिए । बलिङतर्फ प्रेम क्षेत्री र आदित्य पटेलले समान २÷२ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको कमाने रोयल्सले निर्धारित २० ओभरमा १ सय ७७ रन बनाउँदै अल आउट भएको थियो । सुरज भट्टराईले ४४ बलमा ६८ रन, गौरव खड्काले २० बलमा ४४ रन र विजय रायले २० बलमा २६ रन बनाएका थिए । बलिङतर्फ कमाने एक्सपर्ट भिजनका असीम श्रेष्ठ र सुजित पटेलले समान ३÷३ विकेट लिएका थिए । श्याम सुन्दर यादवले २ विकेट लिए । खेलको म्यान अफ द म्याच निरभय सिग्देल घोषित भएका छन् ।

यस्तै, कमाने रोयल्स, कमाने थर्डआई जापान समुराय र कमाने इप्लानेट ब्लास्टर लिगबाट बाहिरिएको छ । लिग चरणको खेलहरु बढी हार व्यवर्होरेको यी ३ वटै क्लबले फाइनल खेल खेल्न नपाउने पक्का भएको छ भने अन्य ३ वटा क्लब मध्य भोलिको खेलको आधारमा २ क्लब फाइनलमा पुग्ने टुंगो लाग्ने छ । लिगको ४ खेल खेलेको कमाने रोयल्सले एउटा खेलमा पनि जीत निकाल्न सकेको छैन् भने कमाने थर्डआई जापानले एक जीत मात्र निकाल्न सकेको छ । कमाने इप्लानेट ब्लास्टरले ४ खेल मध्ये २ खेलमा मात्र जीत निकाल्न सकेको छ । यद्यपि भोलि लिगको अन्तिम खेल खेल्न बाँकी भएतापनि अंक तालिकाको आधारमा यी ३ टिम फाइनलमा नपुग्ने पक्का छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी