प्रदेश छनौट प्रतियोगितामा सहभागी मकवानपुरको टिमको सामूहिक तस्वीर ।

हेटौंडा । बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको  प्रदेशस्तरीय यु–१६  छनौट प्रतियोगितामा मकवानपुरले पहिलो जीत निकालेको छ ।  बिहीबार काठमाडौंस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा भएको यु-१६ इष्ट जोन कप प्रदेश छनोट क्रिकेट प्रतियोगिताको खेलमा मकवानपुरले काठमाडौंको टिमलाई ४० रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ्ग गरेको मकवानपुरले निर्धारित ३५ ओभरमा ५ विकेट गुमाउँदै काठमाडौंलाई १ सय ९७ रन बनाउने लक्ष्य दिएको थियो ।

म्यान अफ बन्न सफल भएका मकवानपुरका रोहत ठाकुरलाई ट्रफी प्रदान गरिँदै ।

मकवानपुरका रोहित ठाकुरले ४६ बलमा सर्वाधिक ५४ रन बनाएका थिए । मोहमत गुलामले ५२ बलमा ४५ रनमा र आशिक अधिकारीले ५३ बलमा ३२ रन जोडेका थिए । यस्तै, काठमाडौंबाट तापेन्द्र विष्टले ३८ बलमा सर्वाधिक २ विकेट लिएका थिए । अयुन विश्वकर्माले १७ बलमा र रितेश महतोले २८ बलमा समान १÷१ विकेट लिएका थिए ।

जवाफी व्याटिङ्गमा उत्रिएको काठमाडौंले ३३ ओभर १ बलमा १ सय ५७ रन बनाउँदै सबै विकेट गुमाउनु परेको थियो । काठमाडौंका इशान शाह सुवेदीले ५४ बलमा ४० रन, ३४ बलमा ३१ रन र २२ बलमा १५ रन बनाएका थिए । मकवानपुरबाट एमडी सहाबुदिनले १८ बलमा, रोहित ठाकुरले १८ बलमा र जमाल रैनले ३५ बलमा समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ द मकवानपुरका रोहित ठाकुर घोषित भएका छन् । भोलि शुक्रबार मकवानपुरले भक्तपुरको सामना गर्नुपर्नेछ ।एसीसी ब्वाइज इष्टजोन कप क्रिकेट–२०२५ का लागि खेलाडीको छनौट गर्न प्रतियोगिताको आयोजना गरेको हो ।