एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।
बैंकले चैत १ देखि वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआइसी एसिया मोबैंक प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रूपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआइसी एसिया मोबैंकबाट रेमिट रकम सहज रूपमा पठाउन सक्नेछन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्