Rato Samachar
Sun, 26 July, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार

उदयपुरको बेलका कुनै पनि मानवीय क्षति भएको छैन– मन्त्री कार्की

  • सप्तकोसी नदीको बहाव उदयपुरको बेलका नगरपालिकातर्फ मोडिने क्रम जारी रहे पनि अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रदेश नं १ सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले बताउनुभएको छ । उहाँले घटनास्थलको स्थलगत निरीक्षणपछि रासससँग कुराकानी गर्दै भन्नुभयो, “कोसी नदीमा पानीको बहाव बर्सातमा निर्भर गर्छ, यदि वर्षा भएन भने कोसी नदीको पानीलाई नियन्त्रण गर्न सकिन्छ, यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले युद्धस्तरमा काम गरिरहेका छन् ।” कोसी नदीको पानीले अहिले बेलका नगरपालिकाको वडा नं १, २, ३, ८ र ९ लाई असर पार्ने देखिन्छ भन्दै मन्त्री कार्कीले अहिलेसम्म एक हजार ५०० जनालाई सुरक्षित स्थानमा लगी उनीहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । कोसी नदीमा आएको बाढीले जमिन कटान गरेको तर कुनै पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको मन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँले कोसी नदीले अरु दुःख नदेओस् भनेर सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नेपाली सेना तथा सशस्त्र प्रहरी प्रमुखले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको स्पष्ट पार्नुभयो । बर्सातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसी नदीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि सप्तकोसी नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह गाउँपालिकामा असर पार्ने अवस्था सिर्जना भएको छ । सप्तकोसी नदीले बेलकालाई चिरेर बाहिर निस्कने हो भने सो पानी उदयपुरको त्रिजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमान देखिएको सडक पूर्वाधार तथा सहरी विकासमन्त्री कार्कीले जानकारी दिनुभयो । विसं २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुसहातर्फको बाँध भत्किएपछि नेपाल र भारततर्फ धेरै ठूलो जनधनको क्षति भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

सिक्किमको फुटबलमा सहभागी हुने एकेडेमीको टोलीलाई म्यानेजमेन्ट, जीएस र हिमालय कफीको सहयोग

रातो समाचार संवाददाता

हेटौँडामा ‘डान्स मेरो मनको’ जुनियरको फाइनल साउन १० गते हुने, २१ प्रतिस्पर्धी भिड्दै

लोकसेवा विज्ञापन रोक्ने निर्णयविरुद्ध मकवानपुरका विद्यार्थीको सरकारलाई पाँच बुँदे माग

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री

रासस मकवानपुरकी संवाददाता अञ्जली थापाको फिचर सर्वोत्कृष्ट

रातो समाचार संवाददाता

स्थापना दिवसको अवसरमा संस्कृत विद्यालयमा वाटर प्युरिफायर स्थापना

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

सिक्किमको फुटबलमा सहभागी हुने एकेडेमीको टोलीलाई म्यानेजमेन्ट, जीएस र हिमालय कफीको सहयोग

रातो समाचार संवाददाता

हेटौँडामा ‘डान्स मेरो मनको’ जुनियरको फाइनल साउन १० गते हुने, २१ प्रतिस्पर्धी भिड्दै

लोकसेवा विज्ञापन रोक्ने निर्णयविरुद्ध मकवानपुरका विद्यार्थीको सरकारलाई पाँच बुँदे माग

शुक्रबारदेखि प्रर्दशनमा आएको “गौँथली” दर्शकको रोजाइमा

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology