कानुनि प्रक्रिया पुरा गरेर राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको जनक बर्तौला नेतृत्वको उसु महासङ्घ मात्र आधिकारिक भएको र निर्वाचन प्रक्रियामा भाग नलिएको ब्यक्तीले उसु महासंघको अध्यक्ष दाबी गरेको प्रति नेपाल उसु महासंघले बिरोध जनाएको छ ।

नेपाल उसु महासङ्घले विज्ञप्ति जारी गर्दै भ्रम नफैलाउन समेत आग्रह गरेको हो ।

महासंघका महासचिव नवराज ढुंगानाले उसु खेलको नाममा भएको गलत क्रियाकलापप्रती महासंघको ध्यानाकर्षण भएको बताउनुभयो । साधारण सभा गरेर अर्को निर्वाचित कमिटी गठन गरी सकेपछि गत महिना एक समूहले पुरानो वीर बहादुर तामाङ अध्यक्ष रहेको भन्दै भ्रम सृजना गरेको उहाँको भनाई छ ।

पूर्व कमिटीको पधाबदी सकिएपछी जनक बर्तौलाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर ३ महिनापछी निर्वाचन गरिएको थियो । उक्त निर्वाचन प्रक्रियामा उपस्थित नभइकन गत महिना केही ब्यक्तीको स्वार्थ पुरा गर्नको लागी स्वघोषणा गरेको कमिटीले उसु खेलमा नै भ्रम सृजना गर्ने र खेलप्रती नकारात्मक प्रभाब पार्ने भएकोले नेपाल उसु महासंघले बिरोध जनाएको बताइएको छ ।

यस अघि नै तामाङ अध्यक्षतामा रहेको उसु महासङ्घले मनोमानी गरेको आरोप सहित उसु कर्मीले राष्ट्रिय खेलकुद परिषद्मा आवाज उठाए पछि २०७९पुष ५ मा बर्तौलाको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको महासंघले जनाएको छ । २०७९ चैत ४ मा उक्त तदर्थ समितिले गरेको निर्वाचनले बर्तौला नै अध्यक्ष पदमा निर्वाचित गरेको थियो ।

निर्वाचनपछी निर्वाचित अध्यक्ष बिरुद्ध तामाङ समुहले उच्च अदालतमा मुद्धा समेत दायर गरेकोमा अदालतले उक्त मुद्धा निराधार भएको भन्दै खारेज गरेको बताइएको छ । यता निर्वाचनपछी नेपाल ओलम्पिक कमिटीले अध्यक्षलाई मान्यता दिनुपर्ने क्रममा बर्तौलाको अध्यक्षतामा रहेको नेपाल उसु महासङ्घलाई ओलम्पिकले वात्ता नगरेको र उक्त बिषयलाई आधार बनाउदै तामाङ समुहले आफुहरुलाई स्वघोषित कमिटी बनाउनाले भ्रम सृजना भएको भन्दै उसु महासंघले बिरोध गरेको हो ।

अहिले चिनमा जारी यशियन खेलको लागि बर्तौला नेतृत्वमा चीनमा नैे प्रशिक्षण गराएर सहभागिता जनाउदा नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेको महासचिव ढुंगानाले जानकारी दिनुभयो । उहाँको अनुसार विजय सिञ्जालीले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ भने अध्यक्ष बर्तौता सहितको खेलाडी टोली चिनमा रहेको छ ।