फागुन -२१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनको अचारसहिंताको मध्यनजर भन्दै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्व रूपमा सम्पन्न गर्न फागु पूर्णिमा होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको छ ।
सोहीक्रममा जिल्ला सुरक्षा समितिद्वारा जारी गरिएको सूचना अनुसार फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न निर्वाचन आचारसंहिता लागू भइरहेकाले आचारसंहिताको उल्लंघन नगरी होली पर्व मनाउन आग्रह गरेको हो ।
विगतमा जस्तो भिडभाड हुने गरी होली उत्सव कार्यक्रम गर्न नपाइने हेटौंंडा लगायत जिल्लाका बजार क्षेत्रमा रहेका साउन्ड सिस्टम उपलब्ध गराउनेहरुले मिति २०८२ फागुन १८ र १९ गते डिजेका लागि साउण्ड सिस्टम भाडामा नदिन सहायक प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षर सूचनामा उल्लेख छ।
होली पर्वलाई अनुशासित रूपमा मनाउन र विभिन्न सञ्चार माध्यमहरूले सन्देशमूलक सूचनाहरू सार्वजनिक गर्न होलीका दिनमा रेष्टुरेण्टमा मदिरा, हुक्का लगायतका पदार्थ विक्री वितरण तथा सेवन गरेर हिडडुल गर्न नपाइने सुचनामा उल्लेख छ ।
सुचना अनुसार होली पर्वको नाममा औपचारिक तथा अनौपचारिक संस्था वा निकायले कार्यक्रम आयोजना गरी होली पर्व मनाउने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्दै होली पर्व मनाउँदा सकभर घरपरिवारमा आफ्नै कम्पाउण्डभित्र खेल्ने र फागुन १८गते बेलुका ५ः०० बजेसम्म मात्र खेल्न पाइने छ ।
होलीका दिनमा कुनै पनि दल वा उम्मेदवार विशेषको पक्षमा नारावाजी तथा प्रचार सामाग्री प्रयोग गर्न नपाइने होलीका नाममा कुनै पनि व्यक्ति तथा संस्थालाई ओद्योगिक प्रतिष्ठान लगायतले सहयोगको नाममा रकम दिने काम नगर्न सुचनामा उल्लेख छ ।
होली पर्व मनाउन र कार्यक्रमहरू आयोजना गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि स्थानीय तहहरूले सार्वजनिक स्थान उपलब्ध नगराउन भनिएको हो ।

















प्रतिक्रिया दिनुहोस्