नेपाली चलचित्रमा बिल्कुलै फरक फिल्म  ‘बाटो: रोड टु डेथ’ आज जेठ ३२ गते शुक्रबारदेखि प्रर्दशन भएको छ ।
साउथ इन्डियन शैलीमै साउथकै टिमबाट निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएपछि थ्रिलर जनरामा बनेको पहिलो नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’  भन्दै चासो बनेको थियो ।

२०८१ जेठ १० गते (ओएसआर ) डिजिटल युट्युव च्यानल मार्फतै ‘ ट्रेलर २ सार्वजनिक भएसंगै ग्याङस्टर फिल्मको कथावस्तु हत्याको घटनाको वरपर घुमेको र साइकोटिक कल्ट ग्याङलाई भयानक रुपमा देखाइएको चलचित्र भन्न सकिन्छ ।

एउटा यात्राको कथामा ‘बाटो: रोड टु डेथ’  नेपालमा पहिलो पटक ‘रोड थ्रिलर’ विधामा तयार गरिएको   देखिन्छ ।

चिकित्सा पेशामा आबद्ध एक युवतीले कसैको जिन्दी बचाउन र एक व्यक्ती आफ्नो आमा भेट्न यात्रा गर्दैगर्दा बाटोमा अचानक आइपर्ने समस्या र भोग्नुपरेको भयानक घटनामा ‘बाटो: रोड टु डेथ’  केन्द्रित रहेको छ ।

यात्राकै क्रममा बाटोमा भोग्नुपरेको डरलाग्दो समस्या संगको सामाना अनि लड्न जरुरी रहेको कथामा देखाउन खोजिएको हो ।
भारतको तमिल उद्योग चेन्नईमा काम गर्दै आएका चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् भने शुक्रबारबाट देशभर एकल प्रदर्शनमा आएकाले ब्यवसायीक सफलता हात पार्ने अपेक्षा रहेको निर्माण पक्षको विश्वास छ ।

नेपालीसहित हिन्दी, तमिल, तेलुगु र अंग्रेजी भाषामा रिलिज गर्ने योजना रहेका निर्देशक थापाले जानकारी दिएका छन् ।
नेपाली चलचित्रमा फरक र थ्रिलर जनरामा बनेको पहिलो नेपाली फिल्म भन्दै दर्शकहरुले तारिफ गरेका छन् ।

फिल्मको दृष्य र कलाकारहरुले गरेको अभिनय पनि तारिफ योग्य मान्न सकिन्छ ।
चलचित्र ‘बाटो: रोड टु डेथ’ मा निर्देशक थापाले गरेको हिम्मत संगै प्राविधिक पक्षमा समेत अत्यन्त उत्कृष्ट रहेको छ । अभिनयलाइ हेर्ने हो भने पनि हरेक कलाकारले कथालाई न्याय गरेका छन् भन्न मिल्ने देखिन्छ ।

‘बाटो: रोड टु डेथ’  – मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको दमदार अभिनय रहेको छ ।

काठमाडौँ फिल्म्सको ब्यानरमा बनेको चलचित्रका निर्माता चन्दन झा हुन् भने दक्षिण भारतीय फिल्म उद्योगका छाँयाकार शरण ऋषिले छायांकन गरेका हुन्।

काठमाडौंका विभिन्न स्थान र उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा गरिएको हो ।

डब्बी एटमस साउन्ड सिस्टममा पहिलो पटक नेपाली फिल्म तयार भएसंगै एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको लाइन निर्माणमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत तथा विशाखा विक्रम थापा छन् ।

त्यस्तै गरि सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत तथा स्मृति झा रहेका छन् ।

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने छ । संपर्क नम्बर – 057-520949

 

 

 

 

 

 

राजेश गरिब
थप जानकारी