हेटौंडा /  जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘पूजार सार्की’  र ‘फर्की फर्की’  प्रर्दशन हुने भएको छ ।
नेपाली चलचित्र प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता निर्देशक दिनेश राउतको निर्देशन रहेको नेपाली नेपाली चलचित्र ‘पूजार सार्की’ र मेघा स्टार अनमोल केसी अभिनित दाङका चर्चित सिने मेकर रोहित अधिकारीले पछिल्लो समय निर्माण गरेको नेपालि कथानक चलचित्र ‘फर्की फर्की’  एकसाथ प्रर्दशन हुने भएको हो ।

निकै चर्चित अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकसाथ काम गरेको ‘पुजार सार्की’र मेघा स्टार अनमेल केसीको अभिनय रहेको ‘फर्की फर्की’ विचको भिडन्त हुने भएको हो ।

चर्चित ३ अभिनेता एकसाथ भएको ‘पूजार सार्की’ले बक्स अफिसमा सुखद व्यापार गर्ने निर्माण पक्षको भनाइ छ भने ‘फर्की फर्की’ पनि कमजारे नहुने दावी गरिएको छ ।

२०४६ सालको सेरोफेरोमा रहेर जातीय विभेदविरुद्ध अन्तरजातीय प्रेमले निम्त्याएको घटनानालाई देखाउन खोजिएको चलचित्र पुजार सार्की रहेको बताइएको छ ।
चलचित्रमा चर्चित ३ अभिनेता एकसाथ छन भने साथमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

विकास सुवेदीको लेखन, सुवास भुसालले निर्माण गरेका हुन् भने भुसालले नै संगीत भरेका छन् । राजेश श्रेष्ठको डिओपी भरत रेग्मीले सम्पादन गरेका हुन् ।

फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता रोहित अधिकारीको निर्माण रहेको फिल्म ‘फर्की फर्की’  मा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङ , रवि काफ्ले, समृद्धि अर्याल लगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्र छायांकन चरणमा देखिनै चर्चाको बनेको यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘फर्कि फर्कि‘टिमको पनि दावी छ।

फिल्म ‘छड्के २’को असफलतापछि अनमोल केसी फेरि ‘फर्की फर्की’  मा आएपनि ‘पुजार सार्की’का प्रदिप, आर्यन र पल VS अनमोल   भिडन्त हुने पक्का भएको हो ।

सुयोग गुरुङको लेखन तथा निर्देशन ओएसआर डिजिटलको सहकार्यमा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
ओमप्रकाश अग्रवालको निर्माण मोती कार्की र अनिरुद्र गिरी चलचित्रका कार्यकारी निर्मातामा हुन् भने एसोसियट निर्माता अरूण रिजाल हुन्।

हेटौंडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा शानदार पर्दमा हेर्न सकिने  छ । संपर्क नम्बर 057-520949

राजेश गरिब
थप जानकारी