नेपाली चलचित्र निर्माण हुँदैगर्दा पछिल्लो समयमा फरक फरक ढङ्गले निर्माण हुन थालेका छन् ।
यसै वर्ष पनि ‘बोक्सीको घर’ ‘फर्की फर्की’  फरक कथा र फरकढङ्गले निर्माण भएसंगै रोड थ्रिलर विधाको यो फिल्म मदन थापाको लेखन तथा निर्देशनमा थ्रिलर जनारामा निर्माण भएको ‘बाटो:रोड टु डेथ’ प्रर्दशनमा आएको छ ।

चलचित्र प्रर्दशनमा आएसंगै चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले नेपालमा पहिलोपटक रोड थ्रिलर बनाएइको र नेपाली फिल्ममा नौलो स्वाद रहेको बताए । करिब २ वर्षअघि फिल्मको छायाङ्कन सुरु गरिएको र काठमाडौँदेखि धरानसम्मको एक दिनको यात्रामा बनेको छाँयकंनमा करिब ५० दिन लागेको र सबैको राम्रो काम भएको बताए ।

रोड थ्रिलर भए पनि चलचित्रमा कमर्सियल खालको भएको रथ्रिलर सहित एक्सन, ड्रामा, सेन्टिमेन्ट, कमेडी सबै स्वाद चाख्न पाइने ‘बाटो:रोड टु डेथ’ फिल्म बनेको निर्देशक थापा बताउँछन् । भारतको चेन्नईमा हुर्केका थापाले नेपाली फिल्म ‘बाटो:रोड टु डेथ’ मार्फत निर्देशनमा डेब्यु गरेका हुन् भने चलचित्र हेरेर दर्शकहरुको पैसा असुली हुने पक्का रहेको बताए ।

भारतको सत्यभामा विश्वविद्यालयबाट फिल्म नै अध्ययन गरेका मदन दक्षिण भारतीय फिल्महरूमा राजामौलीको प्रोडक्सनमा बनेको तेलुगु फिल्म ‘युद्धम शरणम’ मा सह निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
तिनै अनुभवलाई नेपाली ‘बाटो:रोड टु डेथ’ मा प्रस्तुत गर्ने चाहाना संगै निर्माण भएको फिल्म शुक्रबारदेखि प्रर्दशनमा आएको बताए ।

चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापासंग गरिएको कुराकानी ।

……………………..

चलचित्र ‘बाटो: रोड टु डेथ’ मा निर्देशक थापाले गरेको हिम्मत संगै प्राविधिक पक्षमा समेत अत्यन्त उत्कृष्ट रहेको छ । अभिनयलाइ हेर्ने हो भने पनि हरेक कलाकारले कथालाई न्याय गरेका छन् भन्न मिल्ने देखिन्छ ।

‘बाटो: रोड टु डेथ’  – मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको दमदार अभिनय रहेको छ ।

काठमाडौँ फिल्म्सको ब्यानरमा बनेको चलचित्रका निर्माता चन्दन झा हुन् भने दक्षिण भारतीय फिल्म उद्योगका छाँयाकार शरण ऋषिले छायांकन गरेका हुन्।

काठमाडौंका विभिन्न स्थान र उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा गरिएको हो ।

डब्बी एटमस साउन्ड सिस्टममा पहिलो पटक नेपाली फिल्म तयार भएसंगै एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको लाइन निर्माणमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत तथा विशाखा विक्रम थापा छन् ।

त्यस्तै गरि सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत तथा स्मृति झा रहेका छन् ।