रोशन दिप-बागमती प्रदेशको राजधानी हेटौँडामा वृहत पदयात्रा तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ ।

सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड भन्ने मुल नाराका साथ सम्पन्न भएको कार्यक्रमको आयोजना पेन्गोलिन सालक ओपन स्काउट क्रियुले गरेका हो ।

आरती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको वशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै स्काउटले विद्यार्थीमा इमान्दारीता र अनुशासन सिकाउदै सच्चा नागरीक बन्न प्रेरित गर्ने प्रमुख अतिथी मोक्तानले बताइन् ।

अतिथिमा नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्रयु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नं ११ अध्यक्ष जुना दाहाल, सूर्य  विनायक नगरपालिका भक्तपुरका संयोजक शिव कुमार, थाहा नगर समितिका संयोजक गणेश मान श्रेष्ठ, संकरापुर नगर काठमाण्डौका सदस्य सुरेन्द्रकार रन्जित लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन संयोजक अनिल आचार्यले गरेका थिए ।

कार्यक्रममा पेन्गोलिनको क्रयुले ओैपचारिक रुपमा अभिभावकत्व प्रदान गर्दे स्पोनसर प्रदान गर्न अस्मिता नेपाल संग सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको थियो । हेटौडाका विभिन्न विद्यालयका ६०० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा उपस्थित स्काउट विधार्थीलाई अशोक सारु मगरद्वारा प्रतिज्ञा गराउदै ४सय५० जनाको सामुहिक दिक्षान्त गरिएको थियो भने कार्यक्रममा ज्ञानोदय बालबाटिका, हेटौँडा एकेडेमी, कृष्ण आदर्श फेमकल एकेडेमी, प्रगती मावि, श्रमिक मावि, महेन्द्र किरण, बाल उज्जवल, रोटरी, महेन्द्र मावि, बुद्ध मावि, जनप्रिय मावि तथा हेटौडा बाहिरका चतुर्मुखी मावि चितवन लगाएत विद्यालयको सहभागीता रहेको थियो ।

पदयात्रा कार्यक्रमको सुरुवात शनिबार विहान राप्ती तटको किनारबाट गरिएको थियो भने पाथिभरा, डाङ्डुङे हुदै सहिद स्मारक हेटौडामा पुगेर समापन गरिएको हो ।