हेटौडा उपमहानगर २ स्थित पल्पसा रोडमा मोटरसाइकल ठोक्किएको छ ।
पल्पसा रोडको भित्रीसडक खण्डमा बा.१० च ७९१५ न.को रोकी राखेको डि.आई पिकअप गाडीमा ना.४३ प ९८ न.को ऐभेन्जर मोटरसाइकल अनियन्त्रित भई भदौ १५ गते बिहान करिब १०ः ३५ बजेको समयमा ठक्कर खाँदा मोटरसाईकल चालक घाईते भएका छन् ।
घाइते हुनेमा सुपारेटार ब्यारेक हेटौडा मकवानपुरमा कार्यरत नेपाली सेनाको प्राबिधिक मेडिकल तर्फको सुबेदार प्रकास अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीले जानकारी दिए अनुसार घाईतेको उपचारको लागी हेटौडा अस्पताल लगिएको र दुबै सवारी र डि.आई. चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
फाइल तस्विर














प्रतिक्रिया दिनुहोस्