बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कार्ययोजना अघि सारेका छन् ।

यसैक्रममा गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारीमा दर्ता गराएका छन् ।

२०७४मा निर्वाचित उपमहानगरको उपमेयर मिना कुमारी लामाले मेयर पदमा हेटौंडा ५ को वडाध्यक्ष राजेश बानियाले उपमेयर पदमा गठबन्धनबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बनेका हुन भने कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरुले छुट्टाछुुट्टै हेटौंडाको १९ वटै वडाका अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।