Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु ः अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्नो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका कैयौँ विषयमा साझा धारणा बनाउने र समस्याको समाधानमा केन्द्रित रहने बताउनुभयो । अध्यक्ष दाहालले यो भ्रमण आकस्मिक जस्तो भए पनि पछिल्लो दुई महिनादेखि तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर आउँदा यो भ्रमण आकस्मिक जस्तो देखिए पनि त्यस्तो होइन । पार्टीभित्र पनि यस विषयमा मैले चर्चा गरेको थिएँ । यो दुई महिना पहिल्यै तय भएको भ्रमण हो ।” उहाँले नेपालका लागि भारतका तत्कालीन राजदूत विनयमोहन क्वात्रामार्फत उपयुक्त समयमा भारत भ्रमण गर्न त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट निमन्त्रणा प्राप्त भएकोसमेत जानकारी दिनुभयो । अध्यक्ष दाहालले आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रुपमा चित्रण गर्नुभयो । त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी र भारतीय जनतासँगको सम्बन्ध विस्तारका लागि समेत यो भ्रमण केन्द्रित रहने उहाँको भनाइ छ । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमणमा जान लागेको उहाँले त्यस अवसरमा जानकारी दिनुभयो । अध्यक्ष दाहालले नेपाल र भारतका बीचमा रहेका विभिन्न पक्षलाई केन्द्रमा राखेर आफूले भारतीय पक्षसँग कुराकानी गर्ने बताउनुभयो । भ्रमणका क्रममा नेपालको समग्र विकास, द्विपक्षीय सम्बन्ध, बढ्दो व्यापार घाटा, इतिहासमा थाती रहेका विषय एवं सीमामा देखिएका समस्या कूटनीतिक संवादबाट टुङ्ग्याउनेलगायतका विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटमा छलफल हुने पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले आर्थिक, द्विपक्षीय हित र अन्य चासोका विविध पक्षमा विचार विमर्श हुने हुने उल्लेख गर्नुभयो । उहाँले हालै सम्पन्न चिनियाँ विदेश विभागका प्रमुखको भ्रमण र आफ्नो आजदेखि हुन लागेको भारत भ्रमणका बारेमा कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, “यसमा कुनै अन्तरसम्बन्ध छैन । अनावश्यक द्विविधा राख्नुको कुनै अर्थ छैन ।” यस भ्रमणलाई भाजपा र आफ्नो पार्टीको सम्बन्ध विस्तारका रुपमा लिइएको उहाँको भनाइ छ । वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको शीर्ष नेताको हैसियतमा हुन लागेको यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । भ्रमणअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले संवाद गरेको र परराष्ट्र मन्त्रालयसँग पनि भ्रमणका सम्बन्धमा कुराकानी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवासँगको छलफलमा आफूले यस भ्रमणको क्रममा भएका सहमति तथा सहकार्यका विविध क्षेत्रमा भएका प्रगतिका बारेमा के भूमिका खेल्न सक्छु भनेर छलफल भएको उहाँले बताउनुभयो । देश र वर्तमान गठबन्धनका लागि समेत यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले भ्रमणलाई उत्साहपूर्ण रुपमा लिएको बताउनुभयो । उहाँले सो अवसरमा आफू निकट भविष्यमा नै चीनको भ्रमणमा समेत जान लागेको जानकारी दिनुभयो । उहाँले गोवामा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जीनपीङ रु भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको हैसियतमा नै त्रिपक्षीय साझेदारीका विषयमा महत्वपूर्ण विचारविमर्श भएको स्मरण गर्नुभयो । उहाँले भारतले सस्तो मूल्यमा रसियाबाट इन्धन आयात गरिरहेको सन्दर्भमा त्यस्तो सुविधा नेपालले समेत पाउन सके धेरै नै राहत हुने भएकाले त्यसतर्फ पनि छलफल गर्ने बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहालको बिदाइका लागि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु जनार्दन शर्मा, मातृकाप्रसाद यादव, झक्कुप्रसाद सुवेदीलगायतका नेता पुग्नुभएको थियो । अध्यक्ष दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology