प्रि-स्कूल चेन किड्जीले बाल सुरक्षा सम्बन्धी गोष्ठी ‘आई केयर’ सम्पन्न गरेको छ।
ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यालय र प्रि स्कूलका प्रिन्सिपलहरू सहभागी थिए। कार्यक्रमका मुख्य वक्ता तथा किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले विद्यार्थीहरूलाई सिकाउँदा उनीहरूको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरामा कसरी किड्जी विश्वस्त रहेको जनाएका छन्।
यस्तै किड्जीले बाल दुव्र्यवहारको विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूबारे दर्शकलाई सचेत र शिक्षित बनाउने आशाका साथ बालदुव्र्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा केयरको सुरुवात गरेको जनाएको छ। किड्जीले २ हजारभन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन-पोषण गरेको र लाखभन्दा बढी शिक्षकहरूलाई तालिम दिएको बताएको छ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्