हेटौंडा । नेपाल सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पहिलो मन्त्री परिषद्को बैठक राखेका छन् । शुक्रबार प्रधामन्त्रीमा नियुक्त भएर शपथ लिएपछि बालेनले पहिलो मन्त्री परिषद्को बैठकक राखेका हुन् ।
शुक्रबार बसेको मन्त्री परिषद्को बैठकबाट प्रधानमन्त्री बालेनले गत भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको घटनाको क्रममा भएको घटनाको छानबीन गर्न सिफारिस आयोगबाट पेश भएको प्रतिवेदनलाई कार्यन्वयन गर्ने निर्णय गरिएको छ ।
जेनजी पुस्ताको प्रदर्शनीमा भएको घटनाको छानबीन गर्नका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले नेपाल सरकार समक्ष प्रतिवेदन पेश गरेको थियो । उक्त घटनाको छानबीन गर्नका लागि प्रतिवेदनलाई कार्यन्वयनमा ल्याउने मन्त्री परिषद्को बैठकबाट निर्णय गरिएको हो ।
आयोगले गरेको व्यक्ति र निकायहरु मध्ये सुरक्षाका लागि अध्यक्ष समिति गठन गरेर आयोगले पेश गरेको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन सिफारिस गर्ने र तत्काल कार्यन्वयनमा ल्याउने निर्णय गरिएको हो ।
यस्तै, सरकारको शासकीय सुधार गर्नका लागि १०० वटा कार्य स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ । स्वीकृत गरेको कार्यसूची भोलि शनिबारसम्म प्रकाशन गरिने निर्णय भएको छ । नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया दिनुहोस्