Rato Samachar
Thu, 23 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति राष्ट्रिय समाचार समाज

चुनावअघि कुनै पनि दलसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल

  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।” सोही भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सबैलाई सम्मान हुने तरिकाले निर्वाचनमा सहभागी भए वर्तमान गठबन्धन पछि सम्म पनि कायम रहने जानकारी दिनुभयो । पाँचदलीय गठबन्धन भए पनि सबै नेता, कार्यकर्ताले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टीले सबैभन्दा बढी सिट ल्याउनका लागि कम्मर कस्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले थप भन्नुभयो, “गठबन्धन छ भनेर मख्ख हुने बेला छैन, आफूलाई कसरी बढी सिट आउँछ र जनताको मन कसरी जित्न सकिन्छ त्यो विषयमा बढी ध्यान दिनुहोला ।” अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूबीचमा खासै इमान्दारिता नदेखिएकाले अबको निर्वाचनमा सबैले इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । पाँचदलीय गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) इमान्दार भएको र अन्य दलहरू पनि आफूहरूजस्तै इमान्दार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुँदा डोटीसहित समग्र सुदूरपश्चिममा थुप्रै विकास निर्माणका लागि बजेट विनियोजन गरेको छु, अब विकासका लागि सुदूरपश्चिमेलीले अन्य नेताको ढोका ढक्ढकाउनु पर्दैन ।” यसैगरी पूर्वमन्त्री आलेले नेताले आफ्ना लागि नभई गरिब, विपन्न तथा निमुखा जनताका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology