Rato Samachar
Sun, 4 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

एकपटक पानी नबोकी स्कुल जाने साइत जुर्दैन !

  • हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन । डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको उक्कालो छिचोल्नु युकेशको बाध्यता हो । युकेशले डोकामा बोकेको पानी आठ जनाको परिवारले उपभोग गर्छन् । युकेश जस्तै त्यस गाउँका अधिकांश बालबालिकाको दैनिकी स्कुल जानुभन्दा अगाडि पानी बोक्नेमा बित्छ । घरका अभिभावक खेतीपातीको काममा जाने र बालबालिकाले पानीको जोहो गर्नु कोटगैराका बालबालिकाको दैनिकी हो । उसो त त्यही वडाको राँभुवासीले पनि पुस्तौँदेखि पानीको सास्ती खेप्दै आएका छन् । स्थानीयवासी ५९ वर्षीय अमृतबहादुर राईका अनुसार यस क्षेत्रका अधिकांशले दुई÷तीन घण्टाको बाटो पानीकै लागि धाउनुपर्ने अवस्था छ । पानीका मुहान सुक्दै जानु र निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा यो कष्ट झेल्नु परेको उहाँको भनाइ छ । यस क्षेत्रमा प्राकृतिक विपत्ति आइपरेको र यसले पानीको मुहानमा पनि समस्या पैदा गरेको राईले सुनाउनुभयो । “विसं २०४१ मा बाढीपहिरो आयो । त्यतिखेर पानीको मुहान फुट्यो । विसं २०४५ को भूकम्पले फेरि पानीको मुहान सुक्यो”, राईले भन्नुभयो, “फेरि २०७२ सालको भूकम्पले त सुक्खाराम बनायो ।” यो ठाउँमा पानी आपूर्तिका लागि सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आयोजनाको काम अपूरै छ । दूधकोसीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा छ । विसं २०६७ मा सुक्खाग्रस्त क्षेत्रमा घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडामा खानेपानीको समस्या छ । त्रिधार्मिकस्थल हलेसीमा ट्याङ्करमा बोकेर ल्याएको पानी खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ । नेपाल सरकारको गौरवको आयोजना अलपत्र रहेको अवस्थामा दुर्छिमस्थित कोटगैरा र राँभुका स्थानीयवासीलाई लक्षित गरेर जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाले मुहान संरक्षणका लागि बजेट उपलब्ध गराएर होस्टेमा हैँसे गरेपछि केही राहत मिलेको स्थानीयवासी बताउँछन् । नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा धारापानी राँभु, धारापानी–२, धारापानी–३ र छापमुल पँधेरो मुहान संरक्षणका लागि रु चार लाख बजेट उपलब्ध गराएको हो । आयोजनाबाट दुई गाउँका १२४ घरधुरी उपभोक्तालाई खानेपानीको सुविधा मिलेको राँभुकी ६४ वर्षीया नैनसरी राईले सुनाउनुभयो । “पहिलेभन्दा अहिले त कति हो कति पानीको सुविधा छ”, राईले भन्नुभयो, “पहिले पानी लिनका लागि कुवामा गएर लाइन लाग्नुपथ्र्यो । अहिले अधिकांशको घरमा पानीको धारा पुगेको छ ।” त्यस क्षेत्रका पानीका मुहान खुला राखिएकाले बर्सातका समयमा भलबाढी र अन्य फोहरले पानी दूषित हुने देखिएको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिएको छ । पानीको स्रोत बढाउन र त्यसलाई दिगो राख्न समुच्च खाडल (रिचार्ज पोखरी)हरुसमेत निर्माण गरिएको छ । ताराखसे सामुदायिक वन क्षेत्रको (ब्लक १ र २), सिमसार, खिरिम्टे र सारुवा भुइँचुङ भन्ने ठाउँमा एक हजार ८५० घनमिटर रिचार्ज पोखरी निर्माण गरिएको राँभुमा सञ्चालित हाम्रो साना किसान सहकारी संस्था दुर्छिमका अध्यक्ष मनकुमार राईले बताउनुभयो । आमा समूह तथा स्थानीयवासीको सहभागितामा उक्त रिचार्ज पोखरी खनिएको पोखरी निर्माणमा सहभागी कौशिला चाम्लिङले बताउनुभयो । रिचार्ज पोखरीले पानीको स्रोत बढेको राँभुकै सर्वधन राईको भनाइ छ । “रिचार्ज पोखरीले पानीको स्रोत बढ्छ भन्ने जानकारी थिएन”, सर्वधनले भन्नुभयो, “पोखरी निर्माण भएपछि पानीको मात्रा बढेको छ, अहिले त धान रोप्न पनि सजिलो भएको छ ।” रिचार्ज पोखरी निर्माण, मुहान संरक्षण र सिँचाइ योजनाका लागि आयोजनाको रु १९ लाख बजेट उपलब्ध गराएको सहकारीका अध्यक्ष राईको भनाइ छ । उक्त योजनाका लागि स्थानीयवासीले २५ प्रतिशत श्रमदान गरेको राईले बताउनुभयो । स्थानीय ६० घर उपभोक्ताका लागि लक्षित गरेर वाखिला घामपानीमा सिँचाइ पोखरी निर्माण गरिएको छ । १५ मिटर लम्बाइ, पाँच मिटर चौडाइ र डेढ मिटर गहिराइको सिँचाइ पोखरी निर्माण गरिएको उपभोक्ताले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology