बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सोमबार रारा क्लब धनकुटा विजयी हुँदै सेमिफिनलको यात्रा तय गरेको छ । ।
सोमबार क्वाटरफाइनल अन्तर्गत भएको खेलमा सडेन डेथमा रारा क्लब धनकुटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५–४ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा आर्मीका तर्फबाट रासा मगरले एक गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफमा राराका तर्फबाट अजयी मार्टिनले जवाफमा एक गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए। निर्धारीत समयमा १ -१ गोलको बराबरीमा सकिएकोले खेल टाइब्रेकरमा धकेलियो । खेल टाइब्रेकरमा पनि ३–३ गोलको बराबरीमा पुगेपछि सडनडेथमा राराले आर्मीलाई ५–४गोल अन्तरले पराजित गर्दै विजयी भयो ।
खेलको म्यान अफ द म्याच राराका तर्फबाट गोलरक्षक दीप कार्की घोषित भएका छन् ।

क्वाटरफाइनल अन्तरगत भोली मङगलबार थ्रिस्टार क्लब ललितपुर र नेपाल एपिएफ क्लब काठमाण्डौँ बीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
























प्रतिक्रिया दिनुहोस्