नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले १४औं स्थापना दिवसका अवसरमा अंग्रेजी भाषाको म्यागजिन ‘गेम चेन्जर’ प्रकाशन गरेको छ।
आइतबार वसन्तपुर डबलीमा आयोजित ‘नागरिक नायक’ अभिनन्दन समारोहमा प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले संयुक्त रूपमा म्यागजिन लोकार्पण गरेका हुन्। यो म्यागजिनमा संघीयता र आर्थिक विकासका मुद्दाहरूलाई समेटिएको छ।
नेपाल रिपब्लिक मिडिया प्रालिले नागरिकबाहेक अंग्रेजी संस्करणमा रिपब्लिका दैनिक, शुक्रबार साप्ताहिक, नागरिक दैनिकको अनलाइन संस्करण नागरिकन्युज डटकम, रिपब्लिका दैनिकको अंग्रेजी संस्करण माइरिपब्लिका डटकम, रेडियो नागरिक, परिवार म्यागजिन पनि प्रकाशन/प्रसारण गर्दै आएको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्