बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।

राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारमा आफूनै योग्य भएको भन्दै दावी समेत गरिरहेका छन्।
पार्टीको तर्फबाट पनि उम्मेदवारको नाम सिफरिस समेत गरिरहेका छन् ।

यसैविच स्थानीय तहको निर्वाचनमा नेकपामाओवादी केन्द्र  मकवानपुर मनहरी गाँउपालिका वडा  ७ नं वडा  अध्यक्षमा खुशिलाल मोक्तानलाई अघि सारेको छ।

वडाध्यक्षमा मोक्तान सहित सदस्यहरु उमेश राई,राजन गिरि,राममाया बिकलाई अघि सारेको मनहरी ७ नं वडा कमिटीले जनाएको छ ।