प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० संघीय सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ । सरकारमा सहभागी भएपछि स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ ।
ठाकुर र महतोसँग छलफल गर्दै
यो विषयमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग घनिभूत छलफलमा छन् । सो छलफललाई केही दिनभित्रै सार्थक रूप दिन उनीहरू सकारात्मक रहेको स्रोतको दाबी छ ।
सरकार र पाँच दलीय गठबन्धनमा सहभागिता तथा ३० वैशाखमा हुने निर्वाचनका विषयमा छलफल गर्न लोसपाले भोलि बुधबार पार्टीको कार्यकारिणी समिति बैठक बोलाएको छ । लोसपा नेता सञ्जय यादवका अनुसार बैठकमा निर्वाचनसहित विभिन्न विषयमा छलफल हुनेछ । प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर फर्केलगत्तै यो विषयलाई किनारा लगाउने विषयमा छलफल अगाडि बढेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री देउवा १८ चैतमा भारत जाने र २० चैतमा स्वदेश फर्कने कार्यक्रम तय भइसकेको छ । उता, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा निरन्तरता दिने कि नदिने भन्ने विषयमा बहस जारी नै छ ।
जसपा स्रोतका अनुसार प्रधानमन्त्री देउवा र जसपा नेताबीच सहमति भएपछि आगामी निर्वाचनमा गठबन्धन गर्ने र पार्टीका तर्फबाट तीन नेता संघीय सरकारमा मन्त्री हुनेछन् । शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी र एकबाल मियाँमध्येबाट मन्त्री चयन गर्ने विषयमा सो पार्टीभित्र छलफल भइरहेको छ ।
यसका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका एक÷एक मन्त्रीलाई फिर्ता बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेका छन् । लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा देउवा र ठाकुरबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने’दयगत अजेन्डाले प्रवेश पाएको हो ।
गतसाता पार्टीको प्रशिक्षण कार्यक्रममा जनकपुरधाम पुगेका ठाकुरले छलफलका क्रममा देउवाले चुनावी तालमेलको प्रस्ताव गरेको खुलासा गरेका थिए । तर, ठाकुर आफूहरूले उठाएका माग र मुद्दाको सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने अडानमा रहेका छन् ।
देउवा निकटका नेताका अनुसार लोसपासमेत निर्वाचनअघि सरकारमा सहभागी हुने निश्चित जस्तै भएको छ । लोसपा कार्यकारिणी समितिका सदस्य इकबाल मियाँले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी तालमेल, पार्टीले उठाएको मुद्दा’दयगत छलफल भएको बताए । ‘लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
त्यसपछि सरकारमै सहभागी हुन प्रधानमन्त्रीले आग्रह गर्दै आउनुभएको छ । तर, हाम्रा माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नुहने भन्दै आएका छौं । उहाँले ९प्रधानमन्त्री० आगामी स्थानीय तहको निर्वाचनमा तालमेलको समेत प्रस्ताव गर्नुभएको छ, तर अहिले निर्णय भएको छैन,’ मियाँले भने । देउवा र ठाकुरबीच चुनावी तालमेलका विषयमा छलफलका लागि तीनपटक भेटघाट भइसकेको मियाँले बताए ।
यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि देउवा र ठाकुरबीच चुनावी तालमेलको विषयमा छलफल भइरहेको खुलासा गरेका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि गत मंगलबार जनकपुरधाम पुगेका दाहालले तालमेल’दयगत छलफल भइरहेको भए पनि औपचारिक रूपमा गठबन्धनभित्र प्रस्ताव नआएको बताए ।
लोसपा नेता केशव झाले आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा तीन चरणमा छलफल भइसकेको एक सार्वजनिक कार्यक्रममा भनेका थिए । गठबन्धन बनाउने विषयमा एमालेसँग कुनै छलफल नभएको बताएका उनले सत्तारूढ दलसँग समेत अहिलेसम्म कुनै सहमति नभएको जनाए ।
लोसपाले मधेस मुद्दा सम्बोधन, झूठा मुद्दा फिर्ता, नागरिकतालगायतका विषय उठाउँदै आएका छ । प्रधानमन्त्री देउवा यी मुद्दा सम्बोधन गर्नेगरी सहमति गरेर सरकारमा सहभागी गराउने र अगामी निर्वाचनमा पाँच दलीय गठबन्धनमा सहभागी गराउने रणनीतिमा छन् ।
यो समाचार राजधानिबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्