हेटौंडा । महिलाको अग्रणी साहित्य संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ । माध्यमिक तहका कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेगरी प्रतियोगिताको आयोजना गर्ने भएको हो । यही जेठ १७ गते आँचल साहित्यको बृहत् साहित्य तथा साँस्कृतिका कार्यक्रममा कविता प्रतियोगिताको आयोजना गर्ने संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी गराएकी छिन् । कविता प्रतियोगितामा एउटा विद्यालयमा बढीमा २ जना विद्यार्थी सहभागी हुन पाउने र १५० शब्दको कविता हुनुपर्ने अध्यक्ष सापकोटोले बताइन् ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीबाट प्राप्त कविता मध्ये १० जना छनौट गरेर जेठ १५ गते उत्कृष्ट कविको नाम सार्वजानिक गरिने छ । जेठ १७ गते हुने प्रतियोगितामा छनौट भएका कविहरुले उपस्थित भएर कविता वाचन गर्नुपर्ने उनले बताइन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । साँस्कृतिक कार्यक्रम कविता प्रतियोगिता सँगसँगै बहस, रचनावाचन मनोपरामर्श लगायतका कार्यक्रम हुनेछ ।























प्रतिक्रिया दिनुहोस्