बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मकवानपुर जिल्ला अदालतको सेवा आइतबारबाट सुविधा सम्पन्न नव निर्मित भवनबाट सुरु भएको छ ।

निर्माण भएको करिब ३ महिनापछि सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको हो ।

भवन निर्माण भएतापनि निर्माण बापतको रकम निर्माण व्यवसायीलाई उपलब्ध गराउन नसक्दा हस्तान्तरणमा समस्या हुँदै आएको र अर्थ मन्त्रालयमा रकम भुक्तानीका लागि अदालत लागिरहेको अवस्था संगै व्यवसायीको रकम भुक्तानी छिट्टै हुने भएकाले हस्तान्तरण गरिएपछि सेवा प्रवाह गरिएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले बताए ।

श्रेस्तेदार लेखनाथ पौडेलले बताए अनुसार भवन निर्माणका लागि २०७७ माघमा ठेक्का लगाएर काम सुरु गरिएको र करिब १९ करोड लागत रहेको हो ।