बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा न्युरोडटिम एनआरटी काठमाडौँ विजय हुँदै फाइनलको यात्रा तय गरेको छ ।

सेमिफाइनल अन्तरगत बुधबार भएको खेलमा सडेन देथमा एनआरटीले रारा क्लब धनकुटालाई १७–१६ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको पहिलो हाफ दुवै टिमको तर्फबाट गोल रहित बराबरीका साथ सकियो भने दोस्रो हाफको निर्धारित समयमा पनि दुवै टिमको तर्फबाट कुनै गोल हुन नसके पछि टाइब्रेकरमा खेल धकेलियो । त्यसपछि टाइब्रेकरमा पनि ५-५ गोलको बराबरीमा नतिजा पुगेपछि सडेन देथमा एनआरटीले रारालाई १७–१६ गोल अन्तरले पराजित गोल अन्तरले पराजित गर्दै विजयी भयो ।

दुवै टिमको तर्फबाट सडेन देथमा भएको १०\१० गोलको बराबरीमा खेल पुगेपछि दुवै टिमले फेरी पुनः प्रहार गरे जसमा एनआरटीका तर्फबाट मोहित गुरुङले गरेको अन्तिम गोल निर्णायक बन्यो ।

एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले हेटौडामा भएको खेलमा उनलाई आफ्नो जीवनकै अभूतपूर्व अविस्मरणीय टाइब्रेकरको
अनुभव भएको बताउँदै जितको खुसी समेत व्यक्त गरे ।

खेलको म्यान अफ द म्याच एनआरटीका तर्फबाट गोलरक्षक प्रिसो घोषित घोषित भएका छन् ।

भोली विहिबार सेमिफाइनल अन्तरगत हुने अन्तिम खेल बाग्मती युवा क्लब सर्लाही र नेपाल एपिएफ क्लब काठमाडौँ बीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।