बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको दोस्रो चरणको अन्तिम खेलबाट सेमिफाइनल समीकरण पूरा भएको छ ।
क्वाटरफाइनल अन्तरगत मंगलबार भएको खेलमा नेपाल एपिएफ क्लब काठमाडौँले थ्रिस्टार क्लब ललितपुरलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
पहिलो हाफमा एपिएफका तर्फबाट अनिकेतले एक गोल गर्दै सुरुवाती अग्रता दिलाए भने एता थ्रिस्टारको तर्फबाट कुनै गोल हुन सकेन । दोस्रो हाफ पनि अग्रतालाई कायम राख्दै ४८औँ मिनेटमा एपिएफकै तर्फबाटै अनिश मर्हजन, ५९औँ मिनेटमा प्रदिप लामा र ७७औँ मिनेटमा सर्ज संगले गोल गरे भने एता थ्रिस्टारको तर्फबाट निधारित समयमा कुनै गोल फर्काउन नसकेको कारण थ्रिस्टारले हार व्यहोरनु पर्यो ।
खेलको म्यान अफ द म्याच एपीएफका तर्फबाट प्रदीप लामा घोषित घोषित भएका छन् ।

सेमिफाइनल अन्तरगत भोली बुधबार न्यूरोड टिम एनआरटी र राजारानी क्लव धनकुटा बीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
























प्रतिक्रिया दिनुहोस्