बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार चर्च ब्वाइ युनाइटेड र न्युरोडटिम एनआरटी बिच क्वाटरपाइनलको भिडन्त हुने भएको छ।
मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको आज शनिबार पाँचौ दिनमा क्वाटरफाइनल खेल अन्तरर्गत चर्च ब्वाइ र एनआरटी बिच शनिबार दिउँसो२ बजे भिडन्त हुने छ ।
बुधाबार दोस्रो दिन भएको खेलमा एनआरटीले गत वर्षको उपविजेता समुह हिमालय सेपालाई हराउदै क्वाटरफाइनलमा प्रवेस गरेर शनिबारको खेल तय गरेको हो ।
खेलका लागि सिधै बाइ पाएर क्वाटरफाइनल खेलमा प्रबेश भएको चर्च ब्वाइसंग एनआरटीको भिडन्त भएसंगै विजेता समुह सेमीफाइनलमा प्रवेश गर्ने छ ।
खेलका लागि १२ वटा समुह सहभागिता रहेको र माघ २७ गतेका दिन फाइनल खेलको भिडन्तसंगै प्रतियोगिता समापन हुने छ ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीले ३५० सिसिको बुलेट बाइक प्राप्त गर्नेछन् ।
सो बुलेट बाइकको हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था समेत गरिएकोे छ ।
























प्रतिक्रिया दिनुहोस्