बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लब काठमाण्डौँ विजयी भएको छ ।
बिहिबार भएको खेलमा टाइब्रेकरमा एपिएफले मछिन्द्रलाई ४-३ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पहिलो हाफमा एपिएफका तर्फबाट अनिकेतले एक गोल गरे भने एता मछिन्द्रको तर्फबाट कुनै गोल हुन सकेन ।
दोस्रो हाफमा मछिन्द्रको तर्फबाट बिमल घर्ति मगरले गोल गर्दै खेललाई एक एक गोल को बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा एक एक गोल को बराबरीमा सकिएकोले खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा एपिएफले मछिन्द्रलाई ४-३ को गोल अन्तरले पराजित गर्दै विजयी भयो ।
खेलको म्यान अफ द म्याच एपिएफका गोलकिपर एन्जल श्रेष्ठ घोषित भएका छन् ।

जितसँगै नेपाल एपिएफ क्लब काठमाण्डौँ क्वाटरफाइनलको चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत भोली शुक्रबार नेपाल पुलिस क्लब काठमाण्डौँ र राजा रानी क्लब धनकुटा बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने । समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
























प्रतिक्रिया दिनुहोस्