नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शनमा आए ।
यसमध्ये ‘यतिबेला देशभरका हलहरु ‘जारी’मय छ भने बिहेपास पनि हेरिरहेका छन् ।
आइतबारबाट मल्टीप्लेक्सहरुले फिल्मको शोज बढाएका छन् नै यता ‘बुलाकी’को धेरै शोज कटौती भएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको ‘बुलाकी’ को शोज घटेपछि ‘बुलाकी’का निर्माता विराज विष्टले शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै आइतबारबाट फिल्म हलमा नचलाउने घोषणा गरे।
प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको र मोफसलका मुख्य स्टेशनमा एउटै शो नदिएको कारण देखाउँदै निर्माता विष्टले फिल्म उतार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भएकाले दर्शकको माग बमोजिम प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्ने उल्लेख गरे।
उनले शनिबार साँझ दर्शकसँग क्षमा भन्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गरिने सामाजिक सञ्जाल फेशबुकमा लेखे ।
कर्णाली क्षेत्रको ग्रामीण जीवन, सन्तान नहुँदा वैवाहिक सम्बन्धमा आउने कठिन आस्थामा अनि जारी प्रथालाई प्रस्तुत गरिएको ‘बुलाकी’ लाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् ।
डोल्पा, जाजारकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको ट्रेलरमा जारी प्रथा अन्त्यको आवाज उठाउने प्रयास गरिएको निर्माण तथा कलाकार टोलीको भनार्इ छ ।
चलचित्रमा पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखिएको छ । त्यस्तै गरि रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइसँको अभिनय रहेको छ ।
प्रकाश कँडेल र सरस्वती खत्रीले यस चलचित्रमा डेब्यू गरेका छन्। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको चलचित्रमा निर्माता टोपेन्द्र विष्ट हुन् ।
शिव ढकालको छायांकन अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा, निर्मल पौडेल, राजबहादुर साने र निर्देशक लक्ष्मण सुनार तथा विराज विष्टको पटकथा तथा संवाद छ ।
………..
‘बुलाकी’ निर्माता विराज विष्ट
‘बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं । चलचित्र निकाल्नुका कारणहरू:
१. दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायिले गरेको अपहेलना ।
२. प्राप्त सबै शोज अफटाइममा ।
३. मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको ।
४. चलचित्रलाई अपहेलना गरेर दिइएका प्रायः सबै शोजहरु एकाबिहानै मात्र उपलब्ध गराएको ।
५. चलचित्र प्रदर्शन भएको दोस्रो दिन बाटै ७०% शो कटौती गरेको ।६. फर्स्टलूक पोस्टर सार्वजनिकदेखि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसक्दा प्राप्त हाइपलाई बेवास्ता गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भूर्ण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शोज उपलब्ध गराएको ।
अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने छौं । यसैपनि काठमाडौं अबहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यबहार दोहोर् याएको छ । यो बीचमा नयाँ मेकरको रूपमा पाइला राख्दा पहिलो पाइला मै साथ, सहयोगसहित हौसला प्रदान गर्नुहुने यहाँ सम्पूर्णमा कृतज्ञ छौं । फिल्ममार्फत देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर दर्शकमाझ आउनेछु । म थाकेको मात्र हुँ हारेको छैन ।
अन्त्यमा धन्यवाद उपत्यका वितरण कम्पनी त्रीनेत्रम डिस्ट्रब्यूसन (सुनिलकुमार थापा) अनि धन्यवाद मोफसल वितरण कम्पनि एफडी कम्पनि (छवि ओझा) ।
…………..
सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि निर्माता डुबाउने खेल खेलिएको उल्लेख गर्दै
दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक, चौतारा फिल्म देखाउने उल्लेख गरे।
प्रकासित समाचार अनुसार ‘बुलाकी’लाई हलवालाले कुबेला शो दिएको भन्ने आरोपमा असहमती जनाउदै वितरक छबिराज ओझाले दर्शक नै नआएपछि हलवालाले शोज उल्ट्याएको बताएका हुन् ।
व्यापार कमजोर भएपछि हलवालाले शोज घटाउनु सामान्य रहेको उनको तर्क छ ।
फिल्म जुध्दा शोजमा तलमाथि हुने भएकाले निर्माताले बुझ्नु पर्ने र कसैलाई दोष दिएर नहुँने ओझाको भनाइ छ ।
हलवालाहरुले पनि भाडा तिर्नुपर्ने भएको समयमा बल्ल बल्ल कमाउने समय आएकोमा कोशिश गर्ने बाँकी फिल्म पनि दमदार भएमा दर्शक पाउने बताएका हुन् ।
प्राप्त शोजमा दर्शकहरु नै नआएपछि शोज उल्टिएको ओझा भन्छन् ।
‘बुलाकी’लाई बैशाख १ मा ल्याउने निर्णय गर्दा नै आफूले त्यो मितिमा ठूला ठूला फिल्म रहेकाले चैत ३ मा रिलिज गर्न सुझाव दिएको बताएका हुन् ।
चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पुर्याइसकेको बताए ।
टिकट बिक्री नभएका सो रोकिसकेको टिकट बिक्री भएका सो भने नरोकिँने बताइएको हो । सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको हो ।
आफैंमा सफल निर्माता समेत रहेका ओझाले अहिलेको अवस्थामा फिल्म बनाउन समेत डराएको बताए ।
उनी भन्छन्, ‘म आफैंले बनाएको फिल्म भोलि उत्रियो भने कहाँ जानु ? कसैलाई कराएर त हुँदैन ।

……………………














प्रतिक्रिया दिनुहोस्