डा.कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’को पहिलो गीत सार्वजनिक भएको छ ।
फिल्म निर्माता तथा गीतकार डा. भोला रिजालका छोराद्धारा निर्देशित डेब्यू ‘ह्यारी कि प्यारी’को ‘धरहरा हल्लियो’ बोलको गीत सार्वजनिक भएको हो ।
बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त गितमा अभिनेत्री रेखा थापाले तहल्का मच्चाएकी छन् ।
फिल्मका जितु नेपाल र विजय बरालले नृत्यमा साथ दिएका छन् भने गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
मिना पोखरेल र सपन कुमार राईको गायन रहेको गीतमा शिखर सन्तोषको संगीत र डा. भोला रिजालको शब्द रहेको छ ।
बि.आर. प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र विजयसंगै साम्राज्ञी आर.एल. शाहको पनि मुख्य भूमिका रहेको छ ।
लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय हेर्न पाइने छ ।
निर्देशक रिजालकै कथामा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले पटकथा तथा संवाद तयार गरेका हुन्।
सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन तथा फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो ।
आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्