Rato Samachar
Sat, 25 July, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिनुभयो । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको उहाँले बताउनुभयो । स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमा नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । “मतदाता नामावलीमा नाम लेखाउनका लागि दैनिक तीन वटै कार्यालयमा सेवाग्राहीको भीड हुने गथ्र्यो”, उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै अब अरु तयारीमा लाग्नुपर्ने भएकाले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको छ ।” नयाँ थपिएको सङ्ख्या जिल्लाभित्रका तीन वटा कार्यालयमा आई फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने मात्रै रहेको कार्यालयले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार पाँच सय ३५ मतदाता थिए । अब जिल्लामा नयाँ थपिएकासहित दुई लाख ४६ हजार नौ सय ३५ मतदाता पुगेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

लोकसेवा विज्ञापन रोक्ने निर्णयविरुद्ध मकवानपुरका विद्यार्थीको सरकारलाई पाँच बुँदे माग

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री

रासस मकवानपुरकी संवाददाता अञ्जली थापाको फिचर सर्वोत्कृष्ट

रातो समाचार संवाददाता

स्थापना दिवसको अवसरमा संस्कृत विद्यालयमा वाटर प्युरिफायर स्थापना

रातो समाचार संवाददाता

निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न, ४३८ जनाले लिए सेवा

रातो समाचार संवाददाता

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

लोकप्रिय



भर्खरै

लोकसेवा विज्ञापन रोक्ने निर्णयविरुद्ध मकवानपुरका विद्यार्थीको सरकारलाई पाँच बुँदे माग

शुक्रबारदेखि प्रर्दशनमा आएको “गौँथली” दर्शकको रोजाइमा

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology