Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पर्यटकमैत्री भान्छा बनाउन भान्छेलाई तालिम

पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये केही मुस्ताङ पुग्न बागलुङको बाटो भएर आउँछन् भने केही बागलुङकै पर्यटकीय क्षेत्र घुम्नका लागि पनि आउने गरेका छन् । छोटो समय भएपनि उनीहरुको बिसौनी बन्छ, बागलुङका होटल तथा रेष्टुराँ । यहाँका होटल तथा रेष्टुराँले लामो समयदेखि ग्राहकको सेवा त गरिरहे पनि नयाँ स्वाद र आतिथ्यता दिन नसेकेको महसुस हुँदै आएको थियो । बागलुङमा आउने पर्यटकका लागि नयाँ स्वाद दिन र होटल व्यवसायलाई दिगोरुपमा पर्यटनसँग जोड्न यहाँ क्रियाशील होटल व्यवसायी पछिल्लो समय जुर्मुराएका छन् । होटल एसोसिएसन नेपाल ९हान० बागलुङ शाखाले पाहुनाका लागि नयाँ स्वाद पस्किने भन्दै भान्छामा काम गर्नेका लागि सातदिने ‘एड्भान्स कुक तालिम’ दिलाएकोे छ । हान गण्डकी प्रदेशको समन्वय र हान नेपालको आयोजनामा तालिम सञ्चालन गरेर बागलुङ र म्याग्दीका ३० भन्दा धेरै भान्छेलाई तालिम दिइएको हो । एक साता लामो तालिम लिएका भान्छेले अब यहाँका होटलमा पाइने खानाको स्वादमा फरकपन उपभोक्ताले महसुस गर्ने बताए । तालिम समापनका अवसरमा प्रशिक्षार्थी मिरा जिसीले भान्छामा गर्दै आएका क्रियाकलापमा थोरै सुधार गर्दा ग्राहकको चाहनाअनुसारको खाना तयार गर्न सकिने भए पनि ज्ञानको अभावमा आफूहरुले त्यसो नगर्ने गरेको बताउनुभयो । उहाँले तालिमपश्चात् अब सुधार गर्न सकिने जानकारी दिनुभयो । हानका प्रदेश अध्यक्ष हरि शर्मा गैरेले होटल व्यवसायलाई दिगो र जीविकोपार्जनमुखी बनाउन आवश्यक सबै प्राविधिक सहयोग गर्न हान तयार रहेको जानकारी दिनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले भान्छालाई उद्योगका रुपमा विकास गरेर त्यहाँबाट तयार गरिने बस्तुलाई बजारीकरण गर्नसके होटल व्यवसाय दिगो हुनेमा जोड दिनुभयो । सेफ्स एसोसिएसन नेपालका प्रमुख प्रशिक्षक श्याम लामा र प्रशिक्षक शितल खनालले भान्छेहरुलाई तालिम दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology