मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको चर्च ब्वाइज र बी.एफ.सी. भरतपुर विच भएको
खेलमा ३–० गोलअन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित भएको थियो भने रोमाञ्चक बन्दै गएर खेलको दोस्रो हाफको तेस्रो मिनेटमा मा चर्च ब्वाइज तर्फबाट आशीष चौधरीले गोल गरे ।
त्यसपछि ५७ औं मिनेटमा हेमन्त थापा मगरले १ गोल गर्दै अग्रता लिएर खेलको ७७ औं मिनेटमा चौधरीले नै गोल गरे ।
चौधरीले मात्रै २ गोल गरेर खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका घोषित भए भने उनले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
शनिबार नेपाल एपी.एफ. क्लब र फ्रेण्ड्स क्लब बीच खेल हुनेछ।
…………………….
आयोजकले जानकारी दिए अनुसार यस संस्करणमा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ भने नेपाल आर्मी क्लब, ए.पी.एफ. क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफ.सी., बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी रहने छ ।
करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको खेलमा खेल नक आउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने छन् ।
विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्ने र उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै गरि विधागत उत्कृट प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५, २५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले उपलब्ध गराएको बुलेट बाइकप्रदान गरिने कार्यक्रम संयोजक प्रताप विष्टले बताए ।
साथै हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने बताए।























प्रतिक्रिया दिनुहोस्